Chauthoanga - Nepali News Media
रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका युवाहरुले गरे बंगलाचुली निवासी ब्लड क्यान्सर पिडितलाई झण्डै ३ लाख सहयोग

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ५ फलिदे निवासी ब्लड क्यान्सर पिडित पूजा बुढा मगरको उपचरका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले झण्डै तिनलाख रुपैँया सहयोग गरेका छन् । दाङको बंगलाचुली गाउँपालिका,तथा अन्यत्र स्थानबाट रोजगारिका लागि दक्षिण कोरिया पुगेका युवाहरुले पिडित पूजाको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेर संकलन गरेको नेपाली दुईलाख ७२ हजार ९ सय ८५ रुँपैँया आज आईतबार पिडित पूजाको परिवारलाई बंगलाचुली गाउँपालिका अध्यक्ष,उपाध्यक्षको हातबाट सो रकम हस्तान्तरण गरीएको छ । 
हालै कोरियामा वसी फर्कनुभएका बंगलाचुली गाउँपालिका वडा नम्वर ५ निवासी समाजसेवी युवा होताराम वली र कोरीयामा रहनुभएका बंगलाचुली ६ भित्रीखोला निवासी अर्जुन क्षेत्रीको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको थियो ।  संकलित आर्थिक रकमलाई बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती मार्फत ब्लड क्यान्सर पिडित पूजा र उहाँका अविभावकलाई हर्तान्तरण गरीएको हो ।

391655634_1040160293842304_3323950661104180384_n1697964310.jpg

बंगलाचुली गाउँपालिका ५ निवासी समाजसेवी गोपीराम थापा, होतारम वलीले कोरियामा संकलित रकम गाउँपालिका समक्ष हस्तान्तरण गर्नुभएको थियो ।कोरियामा रहेका युवाहरुले आफुहरुले संकलन गरेको आर्थिक सहयोग रकमलाई एकद्वार प्रणालि मार्फत पिडित समक्ष दिन अनुरोध गरेको हुँदा सोही अनुसार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष मार्फत पिडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरीएको समाजसेवी गोपिराम थापाले जानकारी दिनुभयो ।  
यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले ब्लड क्यान्सर पिडित पूजालाई सहयोग गर्ने सम्पूर्ण युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। रोजगारिका लागि परदेशको भूमिममा पसिना बगाएर पनि आफ्नो गाउँठाउँका परेको दुखलाई टार्न युवाहरुले गरेको काम निकै स्राहानिय र उदाहरणिय भएको बताउनुभयो । 

अध्यक्ष पुनले युवाहरुले गरेको उदाहरणीय कामको गाउँपालिकाको तर्फबाट उच्च मुल्याङ्कन गरेको समेत बताउनु भयो । यसैगरी उपाध्यक्ष भक्त बहादुर जिसीले पनि सहयोग संकलन गर्ने युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उपाध्यक्ष जिसीले युवाहरुको कदमले समाजमा सहयोगि भावनाको विकास हुने समेत बातउनुभयो । 
पूजा विगत ६ वर्ष देखि ब्लड क्यान्सर पिडित हुनुहुन्छ । अहिले १७ वर्षकी पूजाको उपचार क्यन्सर अस्पत्ता भरतपुर मेडिकलकलेज चितवनमा भईरहेको छ । उहाँको परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा उहाँको उपचारमा समस्या भएको परिवारले बताएको छ ।

यस्तो छ सहयोग रकमको विवरण

क्र.सं. नाम थर  रकम कोरियन वोनमा   ठेगाना 
होताराम वली ११११११ बंगलाचुली 
तकमान घर्ती मगर १०५००० बंगलाचुली 
इमान घर्ती मगर १०५००० बंगलाचुली 
अर्जुन खत्री १०५००० बंगलाचुली 
झग्गु वली ११११११ बंगलाचुली 
प्रकाश घर्ती मगर १२५००० बंगलाचुली 
झमन बुढा मगर १३०००० बंगलाचुली 
बोम महरा १००००० बंगलाचुली 
हर्क बुढा मगर १०१००० बंगलाचुली 
१० थमन बुढा मगर १०१००० बंगलाचुली 
११ निराजन महरा  १२२२२२ बंगलाचुली 
१२ गिर हादुर बुढा मगर १३३३३३ बंगलाचुली 
१३ सि. एम ढकाल   २०००० बिराटनगर
१४ तारा पुन मगर ३१००० बंगलाचुली 
१५ तिलक खनाल २०००० अर्घखाचि
१६ जिवन गौतम  १०००० अर्घखाचि
१७ बोम अधीकारी ३०००० प्युठान
१८ जगत घर्ती मगर ५५००० बंगलाचुली
१९ जिवन पाण्डे  २१००० घोराही
२० अर्जुन वली  २३३०० घोराही
२१ बिरकुमार वली २५००० तुलसिपुर
२२ मदन डागी १२००० घोराही
२३ हेम कुमार वली ३०००० बंगलाचुली
२४ शुरेश वली  ३०००० बंगलाचुली
२५ चुमान बुढा मगर ५०००० बंगलाचुली
२६ मनोज वली ५०००० बंगलाचुली
२७ भानुभक्त्त वली  ३०००० बंगलाचुली
२८ शन्तोश घर्ती  ३०००० बंगलाचुली
२९ झग बिर महरा  १००००० बंगलाचुली
३० बिबेक खत्री ५०००० बंगलाचुली
३१ मधु रावत ३०००० बंगलाचुली
३२ ट*क घर्ती मगर १५१५१ बंगलाचुली
३३ मिन थापा मगर  १४४४४४ बंगलाचुली
३४ एक राज खनाल १०००० घोराही
३५ ए?कराज पुन  ४४४४४ बंगलाचुली
३६ अंम्रीत खत्री २०००० घोराही
३७ राजिव वली १५००० घोराही
३८ माधव आचार्य  २१००० घोराही
३९ भेश राज बुढा मगर ५०००० बंगलाचुली
४० खुम ठेडि मगर ५०००० बंगलाचुली
४१ खुम के.सी.  ४०००० घोराही
४२ नविन घर्ती मगर  ३०००० बंगलाचुली
४३ पुर्ण वली  ५५००० बंगलाचुली
४४ ओविराम महरा  ५०००० रामपुर
४५ रमेश नेपाली ५०००० बंगलाचुली
४६ फुङ इङ लीम्बु १५५५५ पाचथर
४७ किशोर मास्के २०००० धरान
४८ रिषी के.सी. ३०००० बंगलाचुली
४९ खिमान थापा  २१००० बंगलाचुली
५० मन बहादुर वली  २१००० बर्दिया
  जम्मा रकम KRW  २७००२२७ KRW 
५१ लालमणि वलि नेपाली रु.५०००।  
५२ गोपिराम थापा नेपाली रु.२१००।-  
  जम्मा रकम  जम्मा नेपाली रु. २७२,९८५ NRS
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको