Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा अत्याधुनिक प्रविधियुक्त एफटीटीएच सेवा विस्तार 

दाङ- दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरिएको छ । बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने छ ।टेलिकमले आज बंगलाचुली गाउँपालिका चार कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान,नेटवर्क विस्तार जस्ता काम सम्पन्न गरेको छ ।   

370290042_1139371410279365_7181933218725893438_n1700394315.jpg

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुली गाउँपालिकाको कार्यालय ,कमिरेचौर बजार र श्रीवारीका गाउँहरुमा यो सेवा उपलब्ध गराईने छ । साथै क्रंश: बंगलाचुलीका मुख्य स्थानहरुमा यो सेवा विस्तार गरिने ईन्जिनियर सुरेश भण्डारीले जानकारी दिनुभयो । बंगलाचुली गाउँपालिकामा यही मंसिर ७ गतेबाट टेलिकमको फाइबर टु द होम एफटीटीएच सेवा प्रयोग गर्नेगरी तयारी थालिकएको ईन्जिनियर भण्डारीले जानकारी दिनुभयो । 

फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक तिनवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

369794432_1429231894690034_4550529073460820716_n1700394340.jpg

नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ ।यो सेवा लिनका लागि वार्षिक ८ हजार देखि २० हजार एक सय २२ सम्मको शुल्क लाग्ने ईन्जिनियर सुरेश भण्डारीले जानकारी दिनुभो । उहाँका अनुसार कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाईने छ।बंगलाचुलीमा यसको सेवा लिनेहरुलाई एक सय मिटर तार र राउटर टेलिकमले सित्तैमा दिने समेत उहाँले जानकारी दिनुभयो । यो सेवा लिनका लागि सेवाग्राहीको नागरिकताको फोटोकपी,एक प्रति फोटो र रितपूर्वक भरेको फारम चाहिने समेत उहाँले जानकारी दिनुभयो ।

369877297_242801775480018_3727441662417840769_n1700394364.jpg

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जिसीको ताकेता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा बंगलाचुलीमा टेलिकमको एफटिटिएच सेवा विस्तार भएको हो । बंगलाचुली गाउँपालिकामा हाल सम्म पनि गुणस्तरिय संचार सेवा नभएको अवस्थामा संचार मन्त्री शर्माको जोडबलमा नेपाल टेलिकमको अत्याधुनिक प्रविधिको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार हुँदा आफुहरुलाई खुसी महसुस भएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताउनुभयो । अध्यक्ष पुनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई गुणस्तरिय संचार सेवा दिनका लागि संचार मन्त्रीले गर्नुभएको काम सह्रानिय भएको बताउनुभयो ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको