Chauthoanga - Nepali News Media
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानः बंगलाचुलीमा  पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न

कमिरेचौरः जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बंगलाचुली गाउँपालिका स्तरीय प्रशिक्षण तथा आधारभुत पार्टी स्कुलिङ कार्यक्रम आज कमिरेचौरमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र स्कुलिङ विभागको आयोजना मा कार्यक्रम सम्पन्न भएको हो । विभागका घोराही बंगलाचुली इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गुणेन्द्र घर्ति विज्ञाको अध्यक्षता तथा पार्टीका स्थाइ कमिटि सदस्य तथा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका दाङ जिल्ला इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले विभिन्न शक्तिहरु माओवादी केन्द्रलाइ कमजोर बनाउने सड्यन्त्रमा लागेको बताउदै यो अभियान पछि पार्टी देशकै बलियो र एक नम्बर पार्टि बन्ने बताउनुभयो । साथै उहाँले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नको लागि पनि यो अभियान चलाइएको उहाँले बताउनुभयो ।साथै महिला दलित पिछोडिएका बर्ग किसानहरुको अधिकारलाइ सुरक्षित राख्नको लागि पनि यो अभियान महत्वपुर्ण रहेको बताउनुभयो । 

कार्यक्रममा पार्टीका प्रदेश सल्लाहाकार रमन शर्मा, जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सदस्य निर्मल गौतम, अर्थ उपमहासचिव एवं एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य गणेश रिजाल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज विष्णु खनाल, नेकपा माओवादी केन्द्र दाङ जिल्ला संयोजक तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सपिराम पुन,  रापप्रसाद जैसि लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँकमिटि अध्यक्ष डोमाकान्त कवर मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बंगलाचुली गाउँपालिकाको ८ वड वडाका करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा स्कुलिङ विभाग सदस्य रेमन्त पुनले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको