Chauthoanga - Nepali News Media
जन्म दिनको अवसरमा विद्यालयलाइ सहयोग

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले आफ्नो जन्म दिनको अवसरमा विद्यालयलाइ अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि सहयोग गर्नुभएको छ । उहाँले आफ्नो ५२ औ जन्मदिनको अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ श्रीवारीमा अवस्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्र छात्राहरुलाइ पुरस्कार प्रदान गर्नको लागि रु ५ हजार नगद सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढाले जानकारी दिनुभयो । आज विहान उहाँ विद्यालयमा पुगेर विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढालाइ उक्त रकम हस्तान्तरण गर्नुभएको हो । विश्वकर्मा उक्त विद्यालयको निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष र पुर्व शिक्षक समेत रहनुभएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको