Chauthoanga - Nepali News Media
बंगलाचुलीको विकास चहाने हरेक सचेत व्यक्तिहरुले अख्तियारमा उजुरी गर्नुहोस् : अध्यक्ष पुन  

कमिरेचौर -बंगाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुलीको विकास चहाने हरेक सचेत व्यक्तिहरुले अख्तियारमा उजुरी दिन आह्वान गर्नुभएको छ । उहाँले अख्तियारमा उजुरी परेपछि मात्रै गल्ति कमजोरीलाई सच्चाउने मौका मिल्ने भएकाले सबै सचेत नागरिकले अख्तियारमा उजुरी हाल्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पुनले गैह्रकानुनी काम गर्ने छुट कसैलाई नभएको भन्दै हरेक नागरिकले कानुनको अधिनमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।

दाङको बंगलाचुली गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजता तथा बंगलाचुली गाँउपालिकाको व्यवस्थापन तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पुनले उहाँले  अख्तियारले आयोजना गरेको कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । पुनले कानुनले वर्जित गरेको कुनैपनि कामहरु गर्न नहुनेमा आफुहरु सचेत रहेको भन्दै आफुहरुले नियतवस कुनै पनि गल्ति कमजोरी नगर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष पुनले भन्नुभयो," जनताको काम गर्दा कसैले गलत नियत राखेर फसाउन खोजे जनताको लागि जेलै समेत जान तयार छु।तर क्षणिक स्वार्थराखेर मैले कुनै पनि गलत काम गर्दैन र हुनपनि दिँदैन ।" 

उहाँले बंगलाचुलीको विकासका लागि सबैको साझा सहमति र सहकार्य आवश्यक रहेको समेत बताउनुभयो । उहाँले बंगलाचुलीको समग्र विकासका लागि कुनै एक व्यक्तिले मात्रै सम्भव नहुँने भन्दै सबै दल तथा सरोकारवालाहरुको विचमा साझा सहमति र सहकार्यका लागि आफु हरदम तयार रहेको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकाको शुसासनलाई चुस्त राख्नका लागि आफुहरु लागि परेको बताउनुभयो । उहाँले गाउँपालिकामा शुसासन ईकाई स्थापना गरी पालिकाकको हरेक कामको निगरानी गर्नेगरी योजना बनाईने बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका उपाध्यक्ष जिसीले गाउँपालिकाले दिगोविकासको लक्ष्यलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यको वुँदानम्वर ६ मा रहेको स्वच्छ खानेपानी तथा सरसफाईको अभियानलाई पहिलो प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख गणेश बहादुर वस्नेतले आयोगमा परेका भ्रष्टाचारजन्य उजुरीहरुको प्रवृतीका वारेमा प्रशिक्षित गराउनु भएको थियो । सो अबसरमा उहाँले सार्वजनिक ओहोदाका जोकोहीले पनि गल्ति गर्ने छुट नभएको र अन्नजानमा गल्ति गरेपनि पनि मैले जानिन थाहा पाईन भन्न नपाउने कानुनि प्रावधान रहेको भन्दै हरेक कामलाई चुस्त तथा पारदर्शि ढङ्गले गर्न सुझाव दिनुभयो ।

 भ्रष्टचारले देशकै अस्मिता माथी प्रश्न चिन्ह आउँने भन्दै हरेक व्यक्तिको सतकर्म र सहिआचरणले देशमा शुसासन कायम हुने बताउनुभयो ।  कार्यक्रममा  आयोगका सुचना अधिकारी झलक केसीले भ्रष्टचारको परिचय,अर्थ र परिभाषाको वारेमा प्रशिक्षित गराउनुभएको थियो ।कार्यक्रमका सहभागिहरुलाई कुनै पनि काममा गतल भएको महसुस भएमा अख्तियारमा उजुरी गर्न सिकाईएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख गणेश बहादुर वस्नेतको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बंगलाचुली गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण आयोगका सूचना अधिकारी झलक केसीले गर्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्याहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, उपभोक्ता समितिका प्रमुख तथा पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो । 


 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको