Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिमा ४ वर्षिया वालिका वलात्कार गर्ने व्यक्ति माथी कानुनी प्रक्रिया अगाडी बढ्यो
आरोपित बिराज लम्साल

कमिरेचौर - बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा एक वालिका वलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको छ । बंगलाचुली गाउँपालिकामा एक ४ बर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा घोराही उपमहानगर पालिका १८ का ३४ बर्षीय बिराज लम्साललाई पक्राउ गरेको हो । 

पक्राउ परेका लम्साल बिरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्दा चलाई प्रारम्भीक अनुसन्धान पुरा भइ सकेको दाङ प्रहरी प्रमुख एसपी विर बहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ ।

लम्साल बंगलाचुली – ८ मा ज्यालादारी मजुरी गर्दै आएका थिए । उनले नाबालिकालाई ललाइ फकाई दश रुपैंयाको नोट दिएर नजिकै खरबारीमा लजेर वालिकालाई बलात्कार गरेका थिए । वालिका एकाएक आमा वावुको संम्पर्कामा नआए पछी आमाले खोजतलास गर्ने क्रममा वालिका वलात्कृत भई वेहोस् अवस्थामा खरबारीमा भेटिएकी थिईन् । बलात्कार गर्ने निज बिराज लम्साल त्यहाँबाट भएका थिए ।

त्यसलगतै स्थानियहरु भेला जम्मा भई प्रहरीलाई समेत खबर गरी निज बिराज लम्सालको खोजतलास गर्दै जाने क्रममा बंगलाचुली गाउँपिका वडा नम्वर ८ मा फेलापारी स्थानियले प्रहरीको टोलिलाई बुझाएका थिए ।  
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको