Chauthoanga - Nepali News Media
राज्यका निकायहरुमा अझै पनि दलितहरुको मुलप्रवाहीकरण हुन सकेन : अध्यक्ष विश्वकर्मा

कमिरेचौर - राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्यका निकायहरुमा अझै पनि दलित समुदाएको मुलप्रवाहीकरण हुन नसको बताउनुभएको छ । उहाँले दलित समुदायको विकास र उन्नतिविना समुन्नत समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो । दलित समुदायका व्यक्तिहरुमा शिक्षाको कमिहुँदा राज्यका माथिल्ला निकायहरुमा पहुँचराख्न असफल भएको अध्यक्ष विश्वकर्माको भनाई छ । 
दाङको बंगलालचुली गाउँपालिकामा आज आयोजित निति तथा कार्यक्रममा दलित समुदायको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष विश्वकर्माले यस्तो बताउनुभएको हो । उहाँले दलित समुदायको शसक्तिकरण र दलित समुदायको विकासका लागि स्थानिय सरकारले महत्तपूर्ण भूमिका निभाउन सक्ने भएको हुँदा यहाँका दलितहरुका लागु सोही अनुसारको योजना निर्माण गर्दा राम्रोहुने सुझाव दिनुभयो । 
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विश्वकर्माले समाजमा अहिले पनि मान्छे मान्छेमा हुने कुसंस्कारको जालो जकडिएको बताउँदै यसलाई तोड्नका लागि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निभाईरहेको उल्लेख गर्नुभयो ।दलित आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायको हक अधिकार स्थापना गर्न आफू अग्रसर रहेको समेत बताउनुभयो । 

348458064_226301853439037_6422080643333909261_n1684755384.jpg
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षता एवं राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्य्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले दलित समुदायको हकअधिकार स्थापना गर्नका लागि स्थानिय सरकार गम्भिर भएर लागेको बताउनुभयो । अध्यक्ष पुनले आगामि निति तथा कार्यक्रममा पनि दलित समुदायको हितहुने खालका कार्यक्रमहरु ल्याईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले दलित समुदायको उत्थान गर्नु अहिलेको आवश्यकता बताउनुभयो । उहाँले जातिय मुलप्रभाहिकरण नहुदा सम्म दलितहरुको उत्थान हुन नसक्ने भएकाले जातिय मुलप्रभाहिकर गर्नुपर्नेमा जोड दिनुभयो । 
यसैगरी कार्यक्रममा नेकपा माओबादी केन्द्रका गाउँपालिका अध्यक्ष डोमाकान्त कवरमगर ,नेपाली काग्रेस बंगलाचुली गाउँपालिकाल सचिव चेतवहादुर डागी , नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिका ईन्चार्ज भिम बहादुर राना,युवा नेता सुशील परियार , लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्वर एकका अध्यक्ष विष्णु कवर,चारका अध्यक्ष डाँस बहादुर डाँगी,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,छका अध्यक्ष डोम बहादुर केसी, सातका अध्यक्ष गिर बहादुर थापा,आठका अध्यक्ष झविन्द्र बहादुर गाहामगर ,उद्योग वाणिज्य संघ बंगलाचुलीका अध्यक्ष रुक प्रसाद पुलामी,कार्यपालिकाका सदस्य लगाएतको सहभागिता रहेको थियो । 
बंगलाचुली गाउँपालिका वडा नम्वर तिनका अध्यक्ष एवं प्रवक्ता शोभाराज विश्वकर्माले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको