Chauthoanga - Nepali News Media
किसानले सात विगाह जमिनमा लगाएको बन्दा गोभीले बजार पाउन सकेन
 

दाङ- तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरका किसानले सात विगाह जमिनमा लगाएको बन्दा गोभीले बजार पाउन सकेको छैन । उत्पादन भएको एक हजार चार सय क्वीन्टल बन्दा गोभी नबिकेपछि किसानहरुले गाईवस्तुलाई खुवाउन थालेको किसान यज्ञबहादुर केसीले जानकारी दिनुभयो । ठूलो लगानी गरेर गरिएको खेतीले भाउ नपाउँदा किसानले घाटा व्यहोरेका छन् । बन्दा गोभी अहिले बजारमा पॉँच रुपैयाँ किलोमा बिक्री हुने अवस्था आएपछि ढुवानीसमेत नउठ्ने हुँदा गाईवस्तुलाई खुवाउन थालेको किसानहरुले बताए ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको