Chauthoanga - Nepali News Media
१० दिने डल तथा कुसन बनाउने तालीम सुरु 

कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले महिलाहरु आत्मनिर्भर बन्न सके समाज आत्मनिर्भर हुने बताउनुभएको छ । उहाँले सिप विना आर्थिक आम्दानि गर्न नसकिने भएकोले सिपनै आम्दानीको मुख्य श्रोत भएको बताउनुभयो । गाउँपालिकाले वडा नम्वर ३ र ४ महिलाहरुलाई लक्षित गरी आयोजना गरेको १० दिने डल तथा कुसन बताउने तालिमको आज उद्घाटन गर्दै अध्यक्ष पुनमगरले यस्तो बताउनुभएको हो । अध्यक्ष पुनमगरले तालिमलाई राम्रोसंग सिक्न सहभागिहरुलाई अनुरोध गर्नुभयो । 

बंगलालचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यता,एवं उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा तालिम सुरुवात गरिएको छ ।कार्यक्रममा बोल्दै उपाध्यक्ष जिसीले सिपलाई व्यभारमा लागु गर्ने गरी सिक्न सुझाव दिनुभयो । उहाँले सिलाई सामान्य हिसावले लिने र उपलब्धीमुलक नवन्नेगरी सामान्य नसोच्न आग्रह गर्नुभयो ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहामगर लगाएतको सहभगिता रहेको थियो ।   तालिमा वडा नम्बर ३ र ४ का २४ जनामहिलाको सहभागिता रहेको छ । तलिमको प्रशिक्षककमा वालकुमारी खड्का रहनुभएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष एवं प्रवक्ता शोभाराज विश्वकर्मको स्वागत मनतव्यबाट सुरुभएको तालिमको सहजिकरण महिला विकास नरिक्षक कल्पना केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको