Chauthoanga - Nepali News Media
मन्त्री मास्कीद्वारा पाल्पा दरवारको अवलोकन  

दाङ - लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पाल्पा दरबार संग्रहालयको अवलोकन गर्नुभएको छ । उहाँले संग्रहालयमा रहेको मगर, थारुलगायतको अवलोकन गर्नुभएको हो  । प्रदेश सरकार मातहत रहेको उक्त संग्रहालयलाई थप ब्यबस्थित गर्नकालागि प्रत्येक बर्ष  प्रदेश सरकारले बजेट ब्यबस्था गर्ने गरेको मन्त्री मास्कीले बताउनुभयो ।  संग्रालयमा परम्परागत सामग्री, रहनसहन राखिने भएकाले त्यसले पुर्खालाई नयाँ पुस्ताले पनि अध्ययन गर्ने पाउने उहाँको भनाई छ ।  

संग्रहालय प्रवेशमा विद्यार्थीलाई रु ५, स्वदेशी नागरिकलाई  १५, सार्क देशका नागरिकका लागि ५० र अन्य विदेशी नागरिकका लागि १०० लाग्छ । क्यामरा शुल्क नेपालीका लागि  २५, सार्कका लागि ५० र अन्य देशका नागरिकका लागि १०० कायम गरिएको छ ।
संग्रहालयमा बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म संग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको