साउनको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुईंचो

काठमाडौं- सौरमास अनुसार साउनको पहिलो सोमबार आज देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ ।
यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित दाङ सहित देशभरका मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्ने गर्छ । देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १०:२५
प्रतिक्रिया दिनुहोस्