Chauthoanga - Nepali News Media
दाङ क्रिकेट संघको अध्यक्षमा पुनः प्रदीप मज्गैया

दाङ- दाङ जिल्ल क्रिकेट संघको अध्यक्षमा पुनः प्रदिप मज्गैया चयन हुनुभएको छ । नेपाल क्रिकेट संघको आज भएको साधारण सभा तथा चौथो अधिवेशनबाट प्रदिप मज्यैयाको अध्यक्षतामा १३ सदस्य पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा  किशोर कुमारी घर्ति मगर, सचिवमा सञ्जु क्षेत्री, कोषाध्यक्षमा बालकृष्ण खत्री चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरु अनु  केसी, किशोर चन्द्र गौतम, केशव झाक्री मगर, कैलाश रोका मगर, प्रविन बुढा मगर, रुपेश शर्मा, विकाश आचार्य, सन्जोग गिरी र सन्दिप घर्ती सर्वसम्मत चयन हुनुभएको छ । 

कार्यक्रममा नेपाल क्रिकेट संघका कार्यबाहक सचिव दुर्गाराज पाठकले लुम्विनी प्रदेश क्रिकेटको हब रहेको बताउँदै दाङ  जिल्ला धेरै सम्भावन बोकेको जिल्ला भएको बताउनुभयो । उहाँले  दाङ जिल्लाका हाल रहेको दुई वटा मैदानलाई आवश्यक पर्ने प्राविधिक, दक्षजनश्क्ति र दाङ जिल्लामा क्रिकेट लाई अगाडी बढाउन सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । 

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाको अध्यक्षता तथा नेपाल क्रिकेट संघका कार्यबाहक सचिव दुर्गाराज पाठकको प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका क्रिकेट संघका  दुर्गा बहादुर थापाको विशिष्ट अतिथिमा साधारण सभा तथा चौथो अधिवेशन भएको थियो ।

सो अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष रामलौटन चौधरी, लुम्विनी प्रदेश क्रिकेट खेलाडी छनोट समितिका संयोजक कैलाश रोका मगर, घोराही नगर खेलकुद विकासका संयोजक नरेन्द्र पुन, लुम्विनी प्रदेशका क्रिकेट संघका सचिवालय सदस्य किशोर चन्द गौतम लगायतले बोल्नुभएको थियो । 

सल्लाहकार खड्क बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव सञ्जु क्षेत्रीले गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको