Chauthoanga - Nepali News Media
‘सामाजिक न्याय, सुशासन र समृद्धको यात्रामा सरकार नयाँ सङ्कल्पका साथ अघि बढेको छ’

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धको यात्रामा सरकार नयाँ सङ्कल्पका साथ अघि बढेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको सय दिनको कार्यकालमा भएका कामहरूको सार्वजनिकीकरणमा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य र शिक्षाका क्षेत्रमा जनमुखी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक त्रुटिहरू सच्चाएर चाँडै नै सङ्घीय शिक्षा ऐन ल्याइने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सहरू बिदेसिने क्रम बढेकोप्रति लक्षित गर्दै नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखिएका चुनौतीको सामना गरिने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सीमित स्रोत र साधनबिच स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न आफु लागिपरेको बताउनुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न आफु कटिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको