Chauthoanga - Nepali News Media
एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली  बुधवार पाकिस्तान जाने

एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली बुधवार पाकिस्तान जाने भएको छ। एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टोलीले एक हप्ता पाकिस्तानमै अभ्यास गर्नेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि हिजो भारतबाट नेपाल आइपुगेका छन् ।एसिया कप अगष्टको ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात भदौको १७ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ । एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरी सकेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको