Chauthoanga - Nepali News Media
चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौः  चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ ।  खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको वायुमास ओभलमा शुरु हुनेछ । शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल आउदो शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

यो शृङ्खलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो । यसपछि नेपाली टोलीले आईसीसी विश्व कप एसिया छनोट खेल्नेछ । अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । एसिया छनोटअघि थाइल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ । नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको