Chauthoanga - Nepali News Media
रोजगारीको शिलशिलामा भारत पुगेका युवाहरुले गरे बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग 

कमिरेचौर - रोजगारीको लागि भारत पुगेका दाङ सहित विभिन्न जिल्लाका युवाहरुले दाङको बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ६ घर भई हाल बंगलाचुली ४ मैकुटिमा बस्दै आउनुभएका अजय सुनारको उपचारका लागि भारतमा बस्दै आएका युवाहरुले ३० हजार ३ सय ३१ नेपाली रुपैँया आर्थिक सहयोग गरेका छन् ।  

जसमा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ पाखापनी निवासी शसीधर नेपालीले २५ सय, बंगलाचुली ३ बचेनी निवासी तुल्सीराम वि.क ले २५ सय, सोहि ठाउँ निवासी फनाधर बि कले २ हजार, मकवानपुरको हेटौडा निवासी बिश्व जोति श्रेष्ठले १ हजार, दाङको घोराही रामपुर निवासी रामु नेपालीले १ हजार, बंगलाचुली ५ तिमिले निवासी लाल बहादुर बिकले १ हजार, बंगलाचुली ४ फाँटा निवासी सिताराम बिकले १ हजार, सोहि ठाउँ निवासी बुद्ध सिंह बिकले १ हजार, प्युठानको बडडाँडाँ निवासी खुम बहादुर नेउलाले १ हजार, प्युठानको सौराकोट निवासी जापान सिंह बिकले १ हजार रुपैया उपचारको लागि रकम सहयोग गरेका छन ।

यसैगरी बंगलाचुली ४ फाँटा निवासी विजय नेपालीले १ हजार, बंगलाचुली ५ तिमिले निवासी दिनेश बिकले ५ सय ५०, बंगलाचुली ३ बचेनि निवासी छविलाल बिकले ५ सय ५, प्युठान जिल्ला निवासी कमल थापाले ५ सय १, बंगलाचुली ४ काभ्रे निवासी अर्जुन नेपालीले ५ सय १ , दाङको घोराही रामपुर निवासी बसन्त बहादुर नेपालीले ५ सय, दाङको देउखुरी निवासी दुर्गा बहादुर बिकले ५ सय, घोराही रामपुर निवासी बिक्रम नेपालीले ५ सय, नारायणपुर निवासी रोहित बिकले ३ सय र घोराही बर्गदा निवासी भिम बहादुर बिकले ३ सय रुपैया उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ ।

367685411_333749189004922_5890181648982576271_n1692962023.jpg

उक्त संकलित सहयोग रकमलाई आज विरामी अजय सुनारको परिवारलाइ हस्तान्तरण गरिएको छ । सुनारका आफन्त पानाश्वर वि.क. र राजकुमार वि.क.लाई रकम हस्तान्तरण गरिएको हो ।बंगलाचुली गाउँपालिका द्वारा संचालित रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीबन नेपाली र कार्यक्रम संयोजक भुपेन्द्र प्रकाश वलीले विरामीका आफन्तलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।  भारतमा रहेका युवाहरुले संकलन गरेको रकम रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीबन नेपाली मार्फत विरामीको आफन्त सम्म पुराईदिन भनी अनुरोध गरेका  थिए । 

यसैविच च्याउ खाएर गम्भिर विरामी परेका अजय सुनारको उपचारका लागि उहाँको आफन्त हरुले पनि आर्थिक सहयोग गरेका छन । उहाँको आफन्तहरुले प्रति व्यक्ति ३ हजारका दरले ३० हजार रुपैया सहयोग गरेका हुन । मनिराम वि.क. , भक्तिराम वि.क., हस्तबहादुर वि.क., जितमान वि.क., निमा वि.क., पानाश्वर वि.क., हिमलाल वि.क., किसन वि.क., चाम बहादुर वि.क.  र पुर्ण वि.क.ले आर्थिक सहयोग गरेका छन । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको