Chauthoanga - Nepali News Media
घाेराही सिमेन्टको चुनढुङ्गा बाेक्ने टिप्परकाे ठक्करबाट बंगलाचुलीमा एक जना गम्भीर घाइते

दाङ- दाङकाे बंगलाचुलीमा टिप्परकाे ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारी गम्भीर घाईते हुनुभएको छ।

घाेराही सिमेन्ट उद्योगकाे चुनढुङ्गा बाेक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको माेटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते हुनुभएको हाे । घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचार पछिथप उपचारकाका लागि घाेराही लगिएको छ ।

दुर्घटना विहान ८ बजे भएको थियो । स्थानीयले दुर्घटनामा स्थल ठाटिगैरामा जम्मा भयर सडक अवरुद्ध समेत गरेका छन् । टिप्पर खलासीले चलाएको र ड्राइभर घाेराही बसेकाे पाईएकाे छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको