Chauthoanga - Nepali News Media
समाजवादी मोर्चाको आज धनगढीमा  सन्देश सभा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

धनगढी -समाजवादी मोर्चा नेपालले आज र धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो  ।

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने भएको छ । सम्बोधनका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको