Chauthoanga - Nepali News Media
नेकपा माओवादी केन्द्रले दाङका एकसय वडामा पार्टी कार्यालय स्थापना गर्ने

दाङः नेकपा माओवादी केन्द्रले दाङका एकसय वडामा पार्टी कार्यालय स्थापना गर्ने  भएको छ । नेकपा माओवादी केन्द्रको  जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानअन्तरगत मंगलबार  घोराहीमा बसेको  सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका स्थायी कमिटी सदस्य एवंम् अभियानका जिल्ला संयोजक जयपुरी घर्तीको अध्यक्षतामा बसेको तीन महिने अभियानलाई व्यवस्थित गर्न पार्टी कार्यालय संचालन  गर्न लागेको जानकारी दिनुभयो ।

बैठकले कर्मचारी सहित कम्यूटर व्यवस्थापन गरी वडाको सम्पूर्ण कामको अभिलेख  वडा/वडामा नै राखिने उहाँले जानकारी दिनुभयो । यस्तै बैठकले १० वटा पालिकामा खाता संचालन गर्ने,पार्टी सदस्यता नविकरण गर्नेआर्थिक सहयोग संङकलन गर्ने, अभियानका क्रममा श्रमशिविर संचालन गरिने जिल्ला सचिव विश्वराज आचार्यले  जानकारी दिनुभयो । पहिलो चरण अन्तरगत भदौ २३ देखि असोज २७ गते सम्म जनतासंग भेटघाट,छलफल लगाएतका दैनिक कार्य तालिका निर्माण गरी गाउँमा अभियान संञ्चालन गरिने जानकारी दिनुभयो ।    

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको