Chauthoanga - Nepali News Media
एसिया कप क्रिकेटः  सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् । हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको