Chauthoanga - Nepali News Media
बंगलाचुलीमा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान निकै प्रभावकारी बन्दै, गाउँ-गाउँका जनताको घर दैलोसम्म पुग्यो माओवादी अभियान

कमिरेचौर- नेपाल कम्ययुनिष्ट पार्टी माओवादी केन्द्रले शुरू गरेको जनतासँग तीन महिने विशेष रुपान्तरण अभियान दाङको बंगलाचुलीमा निकै प्रभावकारी बनिरहेको छ । गाउँपालिकाको ८ वटै वडाहरुमा अहिले अभियानलाई व्यापकरुपमा तिब्र पारिएको छ ।

377363352_646172704283992_3129449118280126338_n1694706819.jpg

बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा अहिले संगठन विस्तार,पार्टी प्रवेश तथा जनताको माग तथा प्रतिकृया लिने र माओबादी केन्द्र नेतृत्वको सरकारले गरेका कामहरुलाई जनताविचमा जानकारी गराउने काम भईरहेको नेकपा माओबादी केन्द्र दाङ जिल्ला संयोजक एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो ।

जिल्ला संयोजक पुनमगरले भन्नुभयो,"बंगलाचुली गाउँपालिकामा पार्टिले दिएको जिम्मेवारी अनुसार सबै कमरेडहरुले आफ्नो आफ्नो क्षेत्रमा पार्टिको अभियान संचालन गरिरहनु भएको छ।गाउँ-गाउँका जनताहरुसंग प्रत्यक्ष भेटघाट गर्ने,संगठन बनाउने,हाम्रो नेतृत्वको सरकारले गरेका कामहरुको जानतालाई जानकारी गराउने अनि जनताको गुनासो,अपेक्षा सुन्ने काम अहिले भईरहेको छ ।

377221822_1064846191171624_4773826627436154535_n1694706844.jpg

समग्रमा बंगलाचुली गाउँपालिका हिजो देखि माओबादी केन्द्रको आधार किल्ला थियो र अहिले पनि यहाँका बहुसंख्यक जनताले माओबादी केन्द्रबाटै आसा र अपेक्षा राखेको पाईयो । त्यसकारण हाम्रो पार्टीको अभियान अहिले प्रभावकारी बन्दै गएको हामीलाई आभाष भएको छ।"

बंगलाचुलीमा अहिले माओवादीका नेता कार्यकर्ता जनतासँग छलफल र अन्तरक्रिया सहित विभिन्न रचनात्मक काम गर्नमा व्यस्त छन् । आजभोलि जहाँ तहि माओवादीको केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति र सक्रियता देखिन्छ । माओबादी केन्द्रको अभियानले जनता,पार्टी र सरकार बीचको सम्बन्ध सुमधुर पार्ने काम भइरहेको माओवादी केन्द्र दाङका संयोजक तुल्सीराम पुन मगरको भनाई छ ।

379006162_3609784109340209_2341044055001240912_n1694706862.jpg

बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा पार्टीको वडास्तरीय भेला तथा बैठकहरु भएका छन । भने अहिले टोलटोलमा भेलाहरु भईरहेको छ ।बिहिवार बंगलाचुली गाउँपालिका वडा नम्वर २ को छिप्पन र वडा नम्वर ४ को फाँटामा माओबादी केन्द्रको भेला सम्पन्न भएको छ ।

माओबादी केन्द्र दाङ जिल्ला संयोजक एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,गाउँ पार्टीकमिटी अध्यक्ष डोमाकान्त कमवर मगर , पार्टीका सहसचिव एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको