Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने प्रत्येक टिप्परहरुबाट प्रति टिप्पर एक सयरुपैयाँ शुल्क लिने

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले पालिकामा रहेका सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने प्रत्येक टिप्परहरुबाट प्रति टिप्पर एक सयरुपैयाँ शुल्क लिने निर्णय कार्यान्वयन गर्ने भएको छ । बंगलाचुली गाउँपालिकाको गाउँसभाले पालिकामा चल्ने हरेक टिप्परहरुबाट प्रति टिप्पर एक सयरुपैँया शुल्क लिने गरी कानुन पारित गरेको थियो । सोही कानुनलाई कार्यान्वयन गर्नेगरी गाउँपालिकाले असोज महिना देखि बंगलाचुलीमा रहेका सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्परहरुबाट तोकिएको शुल्कलिने जानकारी गराएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकमा टिप्पर व्यवसायीहरुलाई यो जानकारी गराएको हो ।  गाउँपालिकाले असोज महिना देखि कार्यान्वयन गर्नेगरी टिप्पर व्यवसायीहरुबाट शुल्क लिने र सोही मानसिकता बनाउनका लागि व्यवसायी समितिहरुलाई पूर्व जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनगरले जिल्लामा रहेका स्वर्गद्वारी टिप्पर यातायात व्यवसायी प्राली र सगरमाथा टिप्पर यातायात व्यवसायी प्रालिका पदाधिकारी,घोराही सिमेन्ट उद्योग लिमिटेड,सोनापुर सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगका प्रतिनिधिहरु सम्मिलित बैठकमा गाउँपालिकाको गाउँ सभाले पारित गरेको नियमलाई कार्यान्वयन गर्ने जानकारी गराउनु भएको छ ।

377680629_1082990606039088_4264152328179254855_n1694782217.jpg

यसैगारी बंगलाचुली गाउँपालिकालाई सिमेन्ट उद्योगले रोयल्टी संगै यसअघि दिदै आएको थप शुल्कको विषयमा पनि अर्को बैठकमा छलफल गरी निर्णय गरिने भएको छ ।  बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा बसेको बैठकमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य,वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, चारका अध्यक्ष डाँस बहादुर डाँगी ,स्वर्गद्वारी टिप्पर यातायात व्यवसायी प्रा.ली.,सगरमाथा टिप्पर यातायात व्यवसायी प्रा.ली., घोराही सिमेन्ट उद्योग लिमिटेड,सोनापुर सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा सहभागी टिप्पर व्यवसायीहरुले स्थानिय सरकारले गरेको निर्णयलाई आफुहरु मान्न तयार रहेको तर अहिलेको आर्थिक मन्दिको अवस्थामा व्यवसायीहरुले सो रकम दिन कठिनाई हुने प्रतिक्रिया दिएका थिए ।साथै उनिहरुले टिप्पर धनिहरुलाई सो कानुनको विषयमा अवगद गराई थप निर्णय लिने बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको