Chauthoanga - Nepali News Media
हाइसले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

दाङ- दाङमा हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी १३ वर्षीय दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ५९१८ नम्बरको हाइसले रा १ ह ४४५९ को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भण्डारीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरी नायव उपरीक्षक पोख्रेलका अनुसार दुर्घटनामा अटो चालक तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी ५७ वर्षीय तिलबहादुर कार्की, तुलसीपुर उपमहानगरपालिका-६ डोक्रेना निवासी ११ वर्षीय वर्षा बस्नेत, उहाकी बहिनी ६ वर्षीया श्रृष्टि बस्नेत, सोही ठाउँ निवासी १८ वर्षीय अन्जु डाँगी छन् । 

यस्तै, अटोलाई ठक्कर दिने चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हाइस गाडीले पछाडिबाट अटोलाई ठक्कर दिँदा दुर्घटनामा भएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको