Chauthoanga - Nepali News Media
बंगलाचुलीमा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान व्यापक बन्दै, गाउँ-गाउँमा टोलकमिटी गठन 

कमिरेचौर - नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान दाङको बंगलाचुलीमा व्यापक बन्दै गएको छ । अभियानका क्रममा अहिले बंगलाचुलीको विभिन्न वडाहरुका टोल-टोलमा भेला तथा टोल कमिटी गठनको काम भईरहेको छ । बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा अहिले माओबादी केन्द्रको रुपान्तरण अभियानले व्यापकता पाएको अभियानमा खटिएका नेताहरुले बताएका छन् । 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीले अनुमोदन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अनुरुप अहिले यो अभियान चलिरहेको छ । भदौ १६ देखि सुरुभएको यो अभियान मंसिर १५ सम्म सञ्चालन गरिनेछ । अभियानको नारा जनजनमा माओबादी घरघरमा माओबादी रहेको छ ।

382711515_861466325336413_3307339437144314999_n1695556760.jpg

बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा अहिले संगठन विस्तार,पार्टी प्रवेश तथा जनताको माग तथा प्रतिकृया लिने र माओबादी केन्द्र नेतृत्वको सरकारले गरेका कामहरुलाई जनताविचमा जानकारी गराउने काम भईरहेको नेकपा माओबादी केन्द्रका लुम्विनि प्रदेश कमिटी सदस्य एवं दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरले जानकारी दिनुभयो ।

संयोजक पुनमगरका अनुसार बंगलाचुली गाउँपालिकाको विभिन्न वडाका टोलहरुमा अहिले टोल भेला हुनुका साथै टोलकमिटी गठनको काम व्यापकरुपमा चलिरहेको छ ।  सो अवसरमा गाउँ-गाउँका जनताहरुसंग प्रत्यक्ष भेटघाट गर्ने,संगठन बनाउने,माओबादी केन्द्र नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरुको जानतालाई जानकारी गराउने अनि जनताको गुनासो,अपेक्षा सुन्ने काम अहिले भईरहेको छ ।

उहाँले पार्टीको अभियान अहिले प्रभावकारी बन्दै गएको समेत बताउनुभयो । बंगलाचुलीमा आजभोलि जहाँ तहि माओवादीको केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति र सक्रियता देखिन्छ । माओबादी केन्द्रको अभियानले जनता,पार्टी र सरकार बीचको सम्बन्ध सुमधुर पार्ने काम भइरहेको माओवादी केन्द्र दाङका संयोजक तुल्सीराम पुन मगरको भनाई छ । बंगलाचुली गाउँपालिकाको वडा नम्वर एक,दुई,तिन,चार,पाँचका विभिन्न टोलहरुमा टोल कमिटी गठनको काम सम्पन्न भएको छ । 

माओबादी केन्द्र दाङ जिल्ला संयोजक एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,गाउँ पार्टीकमिटी अध्यक्ष डोमाकान्त कमवर मगर , पार्टीका सहसचिव एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको