Chauthoanga - Nepali News Media
विरेन्द्र माध्यामिक विद्यालयको दशैतिहार मिलन कार्यक्रम सम्पन्न

तुलसीपुर- दाङको तुलसीपुरमा रहेको वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर १ मा आज एक कार्यक्रमका विच छात्रवृत्ति वितरण तथा दशैंतिहार बिशेष कार्यक्रम सम्पन्न भएकाे छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्याैपानेकाे अध्यक्षता तथा तुलसीपुर १ का वडा अध्यक्ष हुमाकान्त साप्काेटाकाे प्रमुख आतिथ्यतामा विद्यालय स्थापना गरिएको  देव अम्बिका स्मृति, झिल्लुप्रसाद स्मृति, मणिराम कुमाल स्मृति, खगी स्मृति र निरन्जन बस्याल स्मृति अक्षयकोषकाे छात्रवृत्ति उत्कृष्ट, जेहेन्दार, लगनशील, खेलप्रेमि तथा अनुशासित विद्यार्थीहरुलाई अक्षयकोषदाताहरुकाे उपस्थितिमा वितरण तथा विजया दशमी, शुभ दीपावलि तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

सो अवसरमा प्रमुख अतिथि, विद्यालयका प्रधानाध्यापक टाेप बहादुर घर्ती, अक्षयकोषदाता लगायतका व्यक्तिले शुभकामना मन्तव्य र विद्यार्थीहरुले तहगत नृत्य प्रस्तुत गरेका थिए। नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियाे। शिक्षक फस्ट बहादुर रानाकाे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण सहायक प्रधानाध्यापक डा .जीत बहादुर गिरीले गर्नुभएकाे थियो।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको