Chauthoanga - Nepali News Media
बंगलाचुलीमा कार्तिक २३ गतेदेखि  बंगलाचुली कप क्रिकेट प्रतियोगिता हुने

कमिरेचौरः  दाङको पहाडि भेग बंगलाचुली गाउँपालिकामा क्लब स्तरीय बंगलाचुली कप क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि कार्तिक २३ गते देखी क्रिकेट प्रतियोगिता हुने भएको हो । विजया दशमी तथा शुभ दिपावली २०८०को अवसरमा बंगलाचुली क्रिकेट विकास समन्वय समितिले क्लव स्तरिय बंगलाचुली कप–२०८०को आयोजना गरेको छ । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलाडीलाई संरक्षण र नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट विकास समन्वय समितिका अध्यक्ष हिमाल महराले जानकारी दिनुभयो । प्रतियोगितामा बंगलाचुली गाउँपालिका भित्रका खेलाडी र बंगलाचुली क्रिकेट विकासमा समन्वय समितिमा दर्ता, नविकरण भएका बंगलाचुली गाउँपालिका भित्रका क्लवले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष महराले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता हुने टिमले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन। टिम दर्ता शुल्क २ हजार लाग्ने क्रिकेट विकास समन्वय समितिका सचिव मधुसुदन गिरीले जानकारी दिनुुभयो । सचिव गिरी अनुसार टिम दर्ता कार्तिक २२ गते दिनको २ बजे सम्म गरि सक्नु पर्ने  र ३ बजे  टाई सिट हुने समेत बताउनुभयो ।   प्रतियोगितालाई प्रथम पुरस्कार युथ अफ बंगलाचुली कोरियाका हेमकुमार वली, निराजन महरा, सुरेश वली, किरण वली, चुमान बुढा, केशव वली, विपिन महरा, मधु वलीले गर्नु भएको छ ।

बंगलाचुली क्रिकेट विकास समन्वय समितिले विगतमा पनि विभिन्न खालका क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको