Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने

दाङ- लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ ।आज तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।

साथै लुम्बिनी प्रदेश सरकारले गृह मन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभाबित जिल्लामा पठाउने निणर्य समेत गरेको छ । लुम्बिनी प्रदेशले यस अघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

जाजारकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको