Chauthoanga - Nepali News Media
आफ्नो निर्वाचन क्षेत्रका जतालाई विकासको अनुभूति हुनेगरी कामगर्छु गर्छु : मन्त्री शर्मा

दाङ - नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले सकेजति पहल गर्ने बताउनुभएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचनीमा स्थानीय मतदाताहरुसंग भेटघाटका क्रममा उहाँले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताउनुभयो । 

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु गरिरहेको भन्नुहुँदै आगामी दिनमा थप काम हुने बताउनुभएको छ । मन्त्री शर्माले दाङ जिल्ला भएर पनि भौगोलिकरुपले विगट रहेको बंगलाचुली गाउँपालिका मा धेरै समस्याहरु रहेको बताउँदै ती समस्याहरु समाधानका लागि आफुले सकेजति पहल गरिरहेको र कामहरु पनि भइरहेको बताउनुभयो । 

मन्त्रि शर्माले भन्नुभयो," बंगलाचुली मेरो निर्वाचन क्षेत्र पनि हो यो क्षेत्रका जनता संग निर्वाचनका क्रममा गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा मैले ध्यान दिइरहेको छु।मैले निर्वाचन जितेपछि बंगलाचुली सहित आफ्नो निर्वाचत क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको त्यसकारण यहाँ विकास निर्माणका कामहरु हुने छन्।  

भेटघाटका क्रममा मन्त्री शर्माले प्युठान र घोराहीलाई जोड्ने मुख्य सडकका रुपमा रहेको घोराही–मुर्कुटी–प्युठान सडकको सवालमा निर्माण व्यवसायी र  सडक विभाग अन्तर्गतको आरविटेसनमा मुद्दा परेकाले सडकको अन्यकाम अघि वढ्न नसकेको बताउनुभयो । उहाँले सो मुद्दाको टुङ्गोलागेपछि यो सडक निर्माणको कामले गतिलिने समेत बताउनुभयो । साथै उहाँले यो सडकको  गुणस्तर सुधारका लागि समेत पहल गरिरहेको बताउनुभयो । 

भेटघाट कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले बचनीको खानेपानी समस्या, घोराही–मुर्कुटी–प्युठान सडक खण्डको अवस्था सुधारलगायतका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको