Chauthoanga - Nepali News Media
बंगलाचुलीलेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित गर्न विभिन्न उपसमितिहरु गठन

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थितरुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज बसेको गाउँ कार्यपालिका बैठकले महोत्वस व्यवस्थापन उप-समिति,प्रचारप्रशार उप-समिति,सुरक्षा तथा स्वंयसेवक उप-समिति,अतिथि सत्कार उप-समिति र मुल्याङ्कन समिति गठन गरेको हो । गाउँ कार्यपालिकाको वैठले उपसमितिहरु गठन गरी विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत दिएको छ । जसअनुसार महोत्सव व्यवस्थापन उप-समितिका लागि वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीमगरको संयोजकत्वमा प्रेम डाँगी,डम्बर वैजाली पुन र यमलाल बुढालाई जिम्मेवरी दिईएको छ ।

404630786_1054729359052064_405497756278589576_n1700479639.jpg

त्यसैगरी प्रचारप्रसार उपसिमितिका लागि बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी ,कार्यपालिका सदस्य गणेश विश्वकर्मा र रेडियो बंगलाचुलीका स्टेशनम्यानेजर एवं गाउँपालिकाका संचार संयोजक जीबन नेपालीलाई जिम्मेवारी तोकिएको छ । 
त्यसैगरी सुरक्षा तथा स्वंयसेवक उपसमितिका लागि वडा नम्वर ६ का अध्यक्ष डोम बहादुर केसी,वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी र बंगलाचुली गाउँपालिका नगर प्रहरी प्रमुख लक्ष्मण पुनमगरलाई जिम्मेवारी दिएको छ । त्यस्तै अतिथीसत्कार उपसमितिका लागि कार्यपालिका सदस्यहरु रमाकुमारी पुनमगर,चित्रा दमाई,सुमा घर्ती र नारायणी गिरीलाई जिम्मेवारी दिईएको छ ।  

भैलो मुल्याङ्कनका लागि लोकसंस्कृत विद्द डाक्टर गोविन्द आचार्य, वरिष्ठ कलाकारहरु चन्द्र शर्मा, नारायण रायमाझी आउनुहुने भएको छ । भैलो महोत्वसलाई सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने गाउँ कार्यपालिका बैठले निर्णय गरेको छ । 
भैलो महोत्सवमा स्थानिय चर्चित हाँस्य कलाकार कमल गाउँलेलगाएतका कलाकारहरु समेतको प्रस्तुती रहने छ । भैलो महोत्वसमा नेपाल सरकारका प्रवक्ता,संचार तथा सूचना प्रविधि मन्त्री रेशा शर्मा,लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजुखनाल आउनुहुने बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । बंगलाचुली गाउँपालिकाले स्थानिय कला संस्कृतिको संरक्षण तथा वडा नंम्वर ५ स्थित बंगलाचुली पर्यटकीय पूर्वाधार क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसारको लागि भैलो महोत्सवको आयोजना गरेको हो ।

मसिर ७ गते हरिबोधिनी एकादशीको दिन भैलो महोत्सवको आयोजना गरिएको छ । प्रत्येक वडाबाट देउसी भैलो समूहलाई बंगलाचुली लेकमा सहभागी गराई कार्यक्रम गरिने बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । भैलो कार्यक्रममा सहभागी सबै भैलो लाई प्रोत्साहान रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने अध्यक्ष पुनमगरले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको