Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले सम्पन्न गर्यो नेपालमै पहिलो भैलो महोत्सव

दाङ–  दाङको बंगलाचुली गाउँपालिकाले नेपालमै पहिलो भैलो महोत्सव सम्पन्न गरेको छ । स्थानीय लोकमौलिक कला–संस्कृति संरक्षणको प्रयासको थालनीका लागि गाउँपालिकाले पहिलो भैलो महोत्सव सम्पन्न गरेको हो । महोत्सवमा गाउँपालिका आठ वटै वडाका  १७ वटा भैलो समूहहरु सहभागिता भएका थिए । मौलिक भेषभुषा र बाजागाजा सहित भैलो समूहहरुले आफ्नो मौलिक प्रस्तुती राखेका थिए ।

405001148_7037733182932260_4158959196804235267_n1700800008.jpg१७ वटा भैलो समूहमध्ये साकिने भैलो समूह सर्वोत्कृष्ट र  अन्य १६ वटा भैलो समूहरुलाई उत्कृष्ट भैलो समूह घोषणा गरिएको थियो । सर्वोत्कृष्ट र उत्कृष्ट भैलो समूहहरुलाई जनही नगद १६ हजार सहति सम्मानपत्रले सम्मान गरिएको  थियो ।

भैलो महोत्सव बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन अध्यक्षतथा एवं संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता तथा लुम्विनी प्रदेश स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्री राजु खनालको विशिष्ट आतिथ्यतामा समूद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले मौलिक लोककला संस्कृति राष्ट्रको चिनारी रहेको बताउनुभएको थियो । मौलिक लोककला संस्कृति हराउदै जान थालेकाले गाउँपालिकाले मौलिक लोक कला संस्कृतिको एक आधार स्तम्भका रुपमा रहेको भैलो जर्गेनाका लागि महोत्सव संचालन गरेकोमा खुसी व्यक्त गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो–‘ लोक मौलिक कला र संस्कृति हाम्रो पहिचान रहेकाले यसको संरक्षण र विकास आवश्यक रहेको छ ।’ जसका लागि स्थानीय स्तरमा नाचिने र गाईने मौलिक कला संस्कृतिको पुस्तान्तरणको खाँचो रहेको बताउनुभयो ।

405001148_7037733182932260_4158959196804235267_n1700800008.jpg

कार्यक्रममा मन्त्री शर्माले बंगलाचुली गाउँपालिका दाङको पहाडी पालिका रहेकाले यहाँ फरक फरक भेषभुषा र मौलिक लोककला संस्कृतिको थलो रहेको समेत टिप्पणी गर्नुभयो । जसको मौलिक लोककला संस्कृतिको विकास मात्रै नभई भौतिक, आर्थिक , शैक्षिक, स्वास्थ्य क्षेत्रको विकास लागि तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘ सडक , खानेपानी र कृषि क्षेत्रको विकास प्रदेश र संघीय सरकारको पहिलो प्राथामिक्ता रहेको छ । ’ बंगलाचुली गाउँपालिकाको विकास लागि घोराही –प्यूठान सडकको मर्मत तथा पूनः निर्माणसँगै खानेपानीको सहज पहुँच र स्थानीय रुपमा उत्पादित कृषि उपजका वस्तुको बजारीकरणको पहिलो आवश्यकता रहेकाले सरकारले त्यो आवश्यकताका परिपूर्तिका लागि लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘ घोराही–तापाचोकसम्म धुलाम्ये र खाल्टे सडक पुनःमर्मत र तथा निर्माणको काम  चाँडै हुन्छ । जसका लागि विभागिय मन्त्रालयसँग समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्थानीय कला सस्कृति संरक्षणका लागि महोत्सवले सहयोग पुर्याउने बताउनुभएको थियो। मन्त्री खनालले संस्कार र संस्कृतिलाई पुस्तान्तरको आधार भएको भन्दै सबैलाई एकतामा बाँध्ने बताउनुभयो ।
मन्त्री खनालले नयाँ पुस्ताले मौलिक कला संस्कृति भुल्दै गएको भन्दै यस्ता कार्यक्रमले संरक्षणमा सहयोग पुग्ने बताउनुभएको थियो।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको