Chauthoanga - Nepali News Media
जियोफेस्ट अन्तर्राष्ट्रिय कार्यक्रममा गुरुकुललाई उपाधि

दाङ- गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय  कायक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ । सिटि मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो ।

विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरणको संरक्षण सम्बन्धि संसारभरीका विद्यार्थिहरुलाई जनचेतना  जगाउने उद्धेश्यले जियोफेस्ट नामक अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरीएको थियो । सो कार्यक्रममा बिभिन्न १२ बिधामा छुट्टै कार्यक्रम भएका थिए । जस अन्तर्गत गुरुकुल एकेडेमीले प्रविधि सम्बन्धि जियोटेक नामक बिधाको कार्यक्रममा दोस्रो उपाधि हात पारेको हो भने थ्रिडि सफ्टवोर्ड डेकोरेसन बिधामा तेस्रो स्थान हासिल गरी उपाधि जितेको हो । भारतमा आयोजित कार्यक्रममा रसिया ,बहराइन लगायत बिभिन्न बिकसित मुलुकका ६१ वटा विद्यालयको सहभागिता रहेको थियो ।

जसमा नेपालको प्रतिनित्व गरी गएका ६ वटा विद्यालय मध्ये गुरुकुल एकेडेमीले २ वटा उपाधि हात पार्न सफल भएको गुरुकुल एकेडेमीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन दाङबाट गुरुकुल एकेडेमीका ३ जना शिक्षक र १० जना विद्यार्थि गरी १३ जनाको उपस्थिति रहेको थियो ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसि सहित समुह क्याप्टेन इन्द्र प्रशाद पोख्रेल र ब्यञ्जना पोख्रेल उपस्थित हुनुभएको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त अवार्ड हासिल गरीसकेको गुरुकुल एकेडेमीले एस अघिपनि बिभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि भई बिभिन्न अवार्डहरु जितिसकेको छ ।

२०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले जिल्लामा शैक्षिक क्षेत्रको राम्रो छाप बनाउन सफल भएको छ । यस अघि २०७९को एसइई परीक्षामा ४ जिपिए प्राप्त गर्न सफल भएको विद्यालयका प्लस टु उतिर्ण गरी मेडिकल तर्फ र पुल्चोक इन्जिनियरीङ अध्ययण संस्थानको इन्ट्रान्स परीक्षामा ११ जना विद्यार्थिहरु नाम निकाल्न सफल भएका थिए जसका कारण विद्यालय अभिभावकको रोजाईमा पर्दै गएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको