Chauthoanga - Nepali News Media
नेशनल प्याव्सन तुलसीपुरद्वारा आधारभूत स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दाङः नेशनल प्याव्सन तुलसीपुरले आधारभूत स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । प्याब्सनले तुलसीपुर-७ मा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कुलमा हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।  प्याव्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याव्सन दाङका अध्यक्ष मधुसुधन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । हाजिरी जवाफ प्रतियोगितामा बोल्दै प्याव्सन तुलसीपुरका अध्यक्ष गिरीले यस्ता खालको कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले विद्यार्थीले किताबी ज्ञान मात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रमुख अतिथि केसीले विद्यार्थीलाई थप ज्ञान दिनको लागि प्याव्सन दाङले सम्पूणर् विद्यालयका विद्यार्थीहरुलाई अवसर दिने बताउनुभयो । प्याव्सन दाङले पहिले देखि नै यस्ता खालको कार्यक्रम गर्नको लागि क्यालेण्डरमा समेत राखेको बताउनुभयो ।  यस्तै प्याव्सन दाङका सहसचिव तथा हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीले यस्तो कार्यक्रमले विद्यार्थीलाई पढाईसंगै बाहिरी ज्ञान सिक्ने अवसर मिल्ने बताउनुभयो । प्याव्सन दाङले हाम्रो पहुँच स्कुलमा यो कार्यक्रम गरेकोप्रति खुसी व्यक्त गदै उहाँले आगामि दिनहरुमा पनि यस्ता खालमा कार्यक्रमहरु गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

हाजिरी जवाफ प्रतियोगितामा तुलसीपुरका २० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा अमर माद्यमिक विद्यालय कालाखोला प्रथम, तुलसी आवासीय विद्यालय दोस्रो, हाम्रो पहुँच सेकेण्डरी स्कुल तेस्रो र फोर्टिनाईन माद्यमिक विद्यालय  सान्त्वना भएको हाम्रो पहुँच सेकेण्डरी स्कुलका शिक्षक घनश्याम वलीले बताउनुभयो ।  कार्यक्रमको सहजिकरण प्याव्सन तुलसीपुरका सचिव विष्णु योगी र तुलसीपुर नगर प्याव्सनमा सदस्य युवराज डाँगिले गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको