Chauthoanga - Nepali News Media
त्रिविले माघ १५ गतेदेखि  ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि,करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ।त्रिविको  केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

त्रिविले जारी गरेको सूचना अनुसार त्रिविबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू अनलाइनबाट दिइने छ।
‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि,करेक्सन) अनलाइन माध्यमबाट इ पेमेन्टको सुविधासहित यही मिति २०८० माघ १५ गते सोमबारदेखि संचालन गर्ने निर्णय भएकोले सो को कार्यान्वयन विधिसहित विस्तृत  जानकारी त्रिवि पनिका बल्खको www.tuexam.edu.np मा यहि मिति २०८० माघ १० गतेका दिन प्रविष्ट गरिने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।

20240116064130-1705395074_qF8mT2WX6Q1705401611.png

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको