Chauthoanga - Nepali News Media
राजधानीको ब्यबस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसंग भेटघाट 

दाङ- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्नुभएको छ । 

आज अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेलसहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् । 

राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको ब्यबस्थापनकालागि २५ अर्ब जति बजेट आबश्यक पर्ने भएकाले सोही अनुसारको बजेट ब्यबस्थापनकालागि छलफल भएको बताउनुभयो । ऋण लिएर भएपनि राजधानी ब्यबस्थापन गर्नकालागि संघीय सरकारसंग सहमति लिनुपर्ने भएकाले सोही प्रक्रिया अगाडी बढाउन पनि भेटघाट गरिएको उहाँको भनाई छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको