Chauthoanga - Nepali News Media
जनयुद्ध दिवसमा बंगलाचुली गाउँपालिकाले दियो बिदा

दाङ - दाङको बंगलाचुली गाउँपालिकाले भोली फागुन एकगते सार्वजनिक बिदा दिएको छ।  बंगलाचुली गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली फागुन एक गते जनयुद्ध दिवसको अवसरमा मंगलबार पालिकाभर सार्वजनिक बिदा दिएको हो ।

बंगलाचुली गाउँपालिकाको बैठकको निर्णय अनुसार  फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलद्वारा जारी  सूचनामा उल्लेख गरिएको छ," प्रस्तुत विषयमा यस बंगलाचुली गाउँ कार्यापालिकाको बैठकको निर्णय अनुसार मिति २०८० फाल्गुन ०१ गते मंगलबारका दिन जनयुद्ध दिवसका अवसरमा यस बंगलाचुली गाउँ कार्यापालिकाको कार्यालय एवं मातहतका सबै सरकारी कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा समेत १ दिन स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।" 

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा  सार्वजनिक बिदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।

हेर्नुहोस् बंगलाचुली गाउँपालिकाले जारीगरेको सूचना

जनयुद्ध दिवसको छुट्टि1707718712.jpg


 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको