Chauthoanga - Nepali News Media
दाङमा हुने अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको ९०  प्रतिशत तयारी  पुरा

दाङ - दाङको घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को ९० प्रतिशत तयारी पुरा भएको छ । यही फागुन १८ देखी २१ गतेसम्म हुने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको आयोजक मूल समितिले बताएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ महोत्सव सुरु हुँदै छ ।

महोत्सव सफल पार्न गठन भएका विभिन्न समिति ,उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरेको र भौतिक निर्माणको तयारी ९० प्रतिशत पुरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो । 

महोत्सवक सञ्चालन हुने घोराहीको कृषी सामाग्री केन्द्रको प्राङ्गणमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको, दाङ आउने कलाकारहरुलाई आवाश तथा भोजनका लागि व्यवस्थापन पुरा गरिएको, शोभायात्राकालागी सम्पूर्ण व्यवसायिक संघसंस्था, सामाजिक संघसस्थाहरुलाई पत्राचार गरिसकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पुर्याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ । 
महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकी सहित शोभायात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । यस्तै फागुन २१ गते नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।  

१२औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी वि.स २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृति महोत्सव आयोजना गरेको थियो ।
शोभायात्राकालागी रुट निर्धारण

महोत्सवको पहिलो दिन उद्घाटनपूर्व हुने शोभायात्राकालागी रुट निर्धाराण गरिएको छ । ट्राफिक चोकबाट सुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुदै महोत्सव स्थलमा पुग्ने शोभायात्रा आयोजक मूल समितिका सह–संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण दाङबासीहरुमा शोभायात्रामा सहभागी हुन अनुरोध गर्नुभएको छ । 
  
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको