Chauthoanga - Nepali News Media
यस वर्ष दाङबाट १२ हजार ८ सयले एसईई परीक्षा दिदै 

दाङ -यस बर्ष दाङ जिल्लाबाट १२ हजार ८ सय ९८ जनाले परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणी चौधरीका अनुसार  साधारण तर्फ १२ हजार २ सय २८ जना, प्राविधिक धार तर्फ ३ सय २३ जनाले परीक्षा दिने छन् । यस्तै ३ सय ४७ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिने चौधरीले जानकारी दिनुभयो ।

यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको