Chauthoanga - Nepali News Media
माओवादीले बझाङ  र  इलाम दुवै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौँ - माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।  
‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन’,  उहाँले भन्नुभयो  । इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा प्रक्रिया अगाडि बढाएको छैन । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको