Chauthoanga - Nepali News Media
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा,पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी ले एसईई दिँदै

दाङ - भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोली चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्यााइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डौँ मा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ ।

यता यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दाङबाट १२ हजार ८ सय ९८ विद्यार्थी सहभागी हुँदैछन् । जिल्ला शिक्षा  विकास तथा समन्वय इकाईका अनुसार, यस वर्षको एसईईमा सबै समुहका गरेर १२ हजार ८ सय  ९८ जना विद्यार्थी सहभागी हुन लागेका हुन्  । यस पटक गत वर्षभन्दा ५ सय  ५४ जना थोरै विद्यार्थी जिल्लाबाट एसईईमा सहभागी हुँदैछन् ।

गत वर्ष जिल्लाका सबै विद्यालयबाट १३ हजार ४ सय ५२ जनाले परीक्षा दिएका थिए । यद्यपि, यो पटक पनि विगत वर्ष जस्तै परीक्षा दिनेमा छात्रभन्दा छात्राको संख्या धेरै छ । यो पटकको एसईईमा ६ हजार ८ सय २२ जना छात्रा छन् भने ६ हजार ७६ जना छात्र रहेका छन् ।

परीक्षाका लागि साधारण धार तर्फ ६ हजार ४ सय ६५ छात्रा रहेका छन् भने ५ हजार ७ सय ६३ जना छात्र गरी १२ हजार २ सय २८ जना रहेका  छन् । प्राविधिक धारतर्फ १ सय ६२ छात्रा र १ सय ६१ जना छात्रा गरी ३  सय २३ जनाले परिक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ पनि १ सय ९५ जना छात्रा र १ सय ५२ जना छात्र गरी ३ सय ४७ जना विद्यार्थीले परिक्षा दिन लागेका समन्वय एकाई प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो  ।

यसैविच दाङको बंगलाचुली गाउँपालिकामा पनि भोलिहुने एसईईको सम्पूर्ण तयारी पुराभएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ३ श्रीवारीमा रहेको महेन्द्र नमुना माद्यामिक विद्यालयमा रहेको परिक्षा केन्द्रमा सबै तयारी पुरा भएको केन्द्रा अध्यक्ष ईन्द्र बहादुर बुढाले जानकारी दिनुभयो । 

बंगलाचुली गाउँपालिकाको ५ वटा र घोराही उपमहानगरपालिकाको एउटा गरी जम्मा ६ वटा विद्यालयका सबै समूहका ३ सय ४४ विद्यार्थीहरुले बंगलाचुलीमा हुने परिक्षा केन्द्रबाट परिक्षा दिने छन् ।  यस वर्षदेखि 'लेटर ग्रेडिङ निर्देशिका २०७८' लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको