Chauthoanga - Nepali News Media
निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनमा जान्छ  : प्रम प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद् राष्ट्रिय सभाको शुक्रबारको बैठकमा समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथिको प्रश्नको जवाफ दिँदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन र सङ्घीय निजामती ऐन सङ्घीयता कार्यान्वयनका लागि संवेदनशील र अत्यन्त महत्त्वपूर्ण ऐन आफूले कार्यान्वयनको प्रक्रियामा अघि बढाएको दाबीसमेत गर्नुभयो। 

आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै  प्रहरी समायोजना ऐन कार्यान्वयनको प्रक्रियामा लगिएको र सङ्घीय निजामती सेवा ऐन विस्तृत बहसपछि प्रतिनिधि सभामा पेश गरिएकाले सो विधेयक सङ्घीय संसद्को दुवै सदनबाट छिट्टै पारित हुने विश्वास मेत व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘सङ्घीयताको मूल मर्म नै तीन तहको अधिकार र स्रोतको समन्यायिक वितरण नै हो। त्यसैले तहगत अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन नगरी सही अभ्यास पनि हामी अगाडि बढाउन सक्दैनौं।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको