Chauthoanga - Nepali News Media
महालेखापरीक्षकमा तोयम राय सिफारिस

काठमाडौं- सरकारले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उहाँलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिनुभयो । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको