Chauthoanga - Nepali News Media
बसको ठक्करबाट एकजनाको मृत्यु ,एकजना गम्भीर घाईते

दाङ - दाङमा बसको ठक्करबाट एकजना  मोटरसाईकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट  घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २३ वर्षिय सौगात ओलीको मृत्यु भएको  दाङ ट्राफिक प्रहरीले  जानकारी दिएकाे छ ।

यस्तै मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका ११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भिर घाइते भएको प्रहरीले बताएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार घोराही उपमहानगरपालिका १७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले ठक्कर दिएको हो ।

तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिएको हो ।

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको