Chauthoanga - Nepali News Media
एसीसी प्रिमियर कपमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्दा हुँदै

काठमाडौँ - एसिसी प्रिमियर कप अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ ।आजदेखि ओमानमा सुरू हुने एसिसी प्रिमियर कप प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि खेल सुरू हुने क्यानले जनाएको छ।प्रतियोगितामा १० वटा टिमहरु सहभागी रहेका छन । समूह ‘ए’ मा रहेको नेपालसँगै मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

खेल टी-२० फर्म्याटमा हुनेछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको