Chauthoanga - Nepali News Media
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकार बाट  फिर्ता बोलायो आफ्नो मन्त्रीलाई 

दाङ-जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकार बाट आफ्नो पार्टिबाट बनेका मन्त्रीलाई फिर्ता बोलाएको छ । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको हो । 
जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुभएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार हिजै राजीनामा दिएको पाईएको छ ।  अहिर माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट मन्त्री बन्नुभएको थियो  ।उहाँले बैशाख ६ गते मन्त्रिपरिषद् विस्तार हुँदा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गर्नुभएको थियो । 

अहिले एउटामात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष सुमनले बताउनुभयो । ३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८३ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग टुप्लुक्क बहुमत (४४) मत मात्र छ ।

राजिनामा-पत्र-1713685461.webp
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको