Chauthoanga - Nepali News Media
कम्प्युटरमा तपाईँलाई कति जीबीको हार्ड डिस्क आवश्यक पर्छ ?

काठमाडौं : यदि तपाईँ कुनै नयाँ ल्यापटप खरिद गर्दै हुनुहुन्छ वा आफ्नो साथमा भएको पीसीलाई अपग्रेड गर्दै हुनुहुन्छ भने त्यसमा सबैभन्दा ख्याल गरिने मुख्य कुरा भनेकै हार्ड डिस्क हो । यदि धेरै स्पेस खपत गर्ने गेम वा एप्लिकेसन प्रयोग गर्नुपर्ने छ भने त झन् तपाईँलाई सोचेको भन्दा पनि बढी हार्ड डिस्क स्टोरेज आवश्यक परेको हुनसक्छ । आज हामी कुन प्रयोजनका लागि कति स्टोरेज भएको हार्डवेयर आवश्यक पर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।


हार्डवेयर राख्नुको उद्देश्य के हो?

हार्डवेयरको प्राथमिक काम भनेको डेटाहरू (फोटो, फाइल, भिडिओ, एप्लिकेसन, गेम आदि) भण्डारण गर्नु हो । हार्डवेयर एउटा त्यस्तो भाग पनि हो, जहाँ तपाईँको अपरेटिङ सिस्टम इन्स्टल हुने गर्छ ।

विशेषगरी हार्ड ड्राइभ फुल नभएसम्म त्यसले कम्प्युटरको पर्फमेन्समा कुनै प्रभाव पार्दैन । डिस्क फुल भएको अवस्थामा भने कम्प्युटरको पर्फमेन्समा केही समस्या आउन सक्छ ।

उदाहरणका लागि यदि तपाईँसँग २५० जीबीको हार्ड ड्राइभ छ भने त्यसले १० देखि १५ प्रतिशतसम्म स्टोरेज फ्री छोडेको हुन्छ । यदि त्यति स्टोरेज बाँकी हुँदा पनि तपाईँको कम्प्युटरले राम्रोसँग काम गरिरहेको छ भने तपाईँलाई स्टोरेज फुल गराउने चाहना हुनसक्छ ।

तर, हामी तपाईँलाई स्टोरेज फुल नगराउन सुझाव दिन्छौँ । कतिपय अवस्थामा अपरेटिङ सिस्टमले राम्रोसँग काम गर्नका लागि केही स्टोरेज सञ्चित गरेको हुनसक्छ । यदि तपाईँ नयाँ हार्डवेयर खरिद गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले तपाईँको कम्प्युटर कुन-कुन काममा प्रयोग हुन्छ भन्ने कुरा ख्याल राख्नुपर्ने हुन्छ ।

त्यसबाहेक पनि तपाईँको हार्डवेयरमा अपरेटिङ सिस्टमका लागि आवश्यक पर्ने केही स्टोरेज खाली राख्नु पर्ने हुन्छ । यी सबै कुराहरू मूल्याङ्कन गर्दा तपाईँलाई कति जीबीको हार्ड डिस्क आवश्यक पर्छ भन्ने कुरा यकिन गर्न सकिन्छ ।   

हार्ड डिस्क ड्राइभ (HDD) र सोलिड स्टेट ड्राइभ (SDD)

तपाईँले बजारमा विभिन्न किसिमका हार्ड ड्राइभ खरिद गर्न सक्नुहुन्छ । त्यसमा हार्ड डिस्क ड्राइभ (एचडीडी) र सोलिड स्टेट ड्राइभ (एसडीडी) मुख्य हुन् । एचडीडी र एसडीडीमा हुने भिन्नता भनेको डेटा ट्रान्सफर गर्ने स्पीड हो ।

एसएसडी एचडीडीभन्दा केही छिटो हुन्छ । जसले गर्दा अपरेटिङ सिस्टम र गेम छिटो गतिमा चल्ने गर्छन् । मूल्यलाई तुलना गर्ने हो भने एसएसडी एचडीडीभन्दा केही महँगो पर्छ ।

त्यसैले तपाईँले आफ्नो कम्प्युटरका लागि कम क्षमताका (१२० जीबी रेन्जका) एसएसडी प्रयोग गर्न सक्नु हुन्छ । प्रायः अवस्थामा मानिसहरू आफ्नो सहजताका लागि दुवै किसिमका हार्ड ड्राइभ मिलाएर प्रयोग गर्छन् ।

जस्तै अपरेटिङ सिस्टम र केही महत्त्वपूर्ण एप्लिकेसनका लागि प्राइमरी हार्ड डिस्कका रूपमा १२० जीबी एसएसडी कार्ड, गेम स्टोर गर्नका लागि १२० जीबी वा २५० जीबी एसएसडी र अन्य फाइलहरू जस्तै संगीत, फोटो र अन्य फाइलहरू भण्डारण गर्न १ टीबी एचडीडी ।

यसरी प्रयोग गर्दा तपाईँले दुवै किसिमका हार्ड ड्राइभको अनुभव लिन सक्नुहुन्छ । यसका लागि भने तपाईँले केही बढी खर्च गर्नपर्ने हुन्छ ।

त्यसोभए तपाईँलाई कति स्टोरेज भएको हार्ड डिस्क आवश्यक पर्छ होला?

आफूलाई कति स्पेस भएको हार्ड डिस्क आवश्यक पर्छ भन्ने कुरा थाहा पाउन सबैभन्दा पहिले कम्प्युटर कुन प्रयोजनका लागि प्रयोग हुन्छ भन्ने कुरा पहिचान गर्न आवश्यक हुन्छ । यदि तपाईँलाई फाइल, फोटो वा भिडिओ जस्ता सामग्रीहरू भण्डारण गर्नु छ भने तपाईँलाई ५०० जीबीभन्दा बढीको हार्ड डिस्क आवश्यक पर्दैन ।

यदि तपाईँलाई हाई-रेजोलुसन भएका फोटो र भिडिओ स्टोर गर्नु छ भने त्यसभन्दा बढी स्पेस पनि आवश्यक पर्न सक्छ । तर, सामान्यतः यही प्रयोजनका लागि ५०० जीबीसम्मको हार्ड डिस्क उपयुक्त हुन्छ ।

यदि तपाईँ कुनै गेमर हुनुहुन्छ भने तपाईँलाई साधारण प्रयोगकर्ताभन्दा केही बढी स्पेस भएको हार्ड डिस्क आवश्यक पर्न सक्छ । सामान्य गेमहरू लागि प्रति गेम थप १०० जीबी वा त्यसभन्दा बढी स्टोरेज आवश्यक पर्छ ।

केही हार्ड गेम जस्तै कल अफ ड्युटीका लागि थप १७५ जीबी स्टोरेज आवश्यक पर्न सक्छ । यदि तपाईँसँग २५० जीबीको एसएसडी मात्र छ भने गेम र अपरेटिङ सिस्टमले उपलब्ध डिस्क स्पेसमा आफ्नो पहुँच बनाइदिन सक्छ ।

विशेषगरी गेमले अन्य एप्लिकेसनको तुलनामा केही बढी स्पेस खपत गर्ने गर्दछन् । त्यसको साटो तपाईँले एकैपटक धेरै स्टोरेज भएको हार्ड डिस्क प्रयोग गर्नु भयो भने हरेक गेमका लागि लाइब्रेरीमा अकाउन्ट बनाइ रहन आवश्यक पर्दैन ।

त्यसैले यदि तपाईँ पीसीमा कुनै पनि समयमा कुनै पनि गेम खेल्न रचाउनु हुन्छ बने तपाईँले एकदेखि दुई टीबीसम्मको एसएसडी प्रयोग गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको