Chauthoanga - Nepali News Media
प्रधानमन्त्री  ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुहुने

काठमाडौँ- प्रधानमन्त्री  ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्रीले  यही जेठ ७ गते विश्वासको मत लिने तयारी भएको बताईएको छ । यस विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखकाे सचिवालयले जानकारी दिएको छ । 

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२)  बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको