Chauthoanga - Nepali News Media
सभामुख संसदीय मर्यादामा नबसेको नेपाली कांग्रेसको निष्कर्ष

काठमाडौँ - नेपाली कांग्रेसले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ । कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । 

हिजो सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । सभामुखले बलजफती जारी राखे आफूहरूले उहाँलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ । 

‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’, बैठकपछि लेखकले भन्नुभयो । 

लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिनुभयो ।  समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने उहाँको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको