Chauthoanga - Nepali News Media
स्थानिय पाठ्य पुस्तकमा शान्ति सुरक्षका विविध विषयहरु समेटिने 

कमिरेचौर- बंगलाचुली गाउँपालिकाको स्थानिय पाठ्य पुस्तकमा शान्ति सुरक्षका विविध विषयहरु समेटिने भएको छ । बंगलाचुली गाउँपालिका र जिल्ला प्रहरी कार्यालय दाङको विचमा आज सो विषय समेट्ने गरी सम्झौता भएको छ । 

स्थानिय पाठ्यपुस्तकमा शान्ति सुरक्षाका विविध विषयहरु समेटिनु पर्ने विषयमा बंगलाचुली गाउँपालिका,जिल्ला प्रहरी कार्यालय दाङ र विद्यालयको विचमा त्रिपक्षीय सम्झौता गरिएको हो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट तयार पारिएको शान्ति सुरक्षाका विविध सुरक्षाका विविध विषयहरु समेटिएको जनचेतनामूलक प्रशिक्षण सामाग्रीका महत्वपूर्ण अंम्सहरु बंगलाचुली गाउँपलिकाको स्थानिय पाठ्यपुस्तकमा समावेस गर्ने गरी सम्झौता गरिएको हो । 

सूचना प्रविधिको क्षेत्रमा भएका विकास अवसरसंगै थपिएका विकृती र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक पाटाहरुका बारेमा सु-सूचित रहनु वर्तमान समयको माग रहेको भन्दै सोही अनुसार विद्यालय स्तरबाटै वालवालिकालाई सुरक्षाका विभिन्न उपायका विषहरु स्थानिय पाठ्यपुस्तकमा समेटिने छ ।बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगर, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्ल, बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल र महेन्द्र नमुना माद्यामीक विद्यालयका प्रधानाध्यापक तिलकराम वलीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,बंगलाचुली गाउँपालिकाका प्रवक्त शोभाराज विश्वकर्मा,वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो । 

445816272_831518222217817_7024363265749786527_n-1717676548.jpg
 

सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकाले स्थानिय पुस्तक तयार पार्ने काम गरीरहेको बताउँदै शान्ति सुरक्षका विषयहरु पनि पुस्तकमा समावेस गर्ने गरी नेपाल प्रहरीबाट आएको प्रस्ताव महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानिय पाठ्यपुस्तकमा उक्त विषयलाई समेट्नेगरी बंगलाचुली गाउँपालिका अघि बढ्ने बताउनुभयो ।  स्थानीय सरकार प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले देशभर यो अभियानको सुरुवात गरेको दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको