Chauthoanga - Nepali News Media
मोटरसाईकल दुर्घटनाका मृतक परिवार र घाईतेका लागि सहयोग संकलन अभियान,सबैसंग सहयोगको याचना

दाङ - दाङको बंगलाचुली गाउँपालिकामा जेठ २० गते मोटरसाइकल  दुर्घटनामा ज्यान गुमाएका परिवार र घाईतेकाका लागि आर्थिक सहयोग सङ्कलन अभियान थालिएकोछ । दुर्घटनामा परि ज्यान गुमाएका बंगलाचुली गाउँपालिका वडा नम्वर ४ पन्थटोल निवासी  खेतुलाल नेपालीको परिवारलाई आर्थिक सहायताका लागि र बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी दुर्घटनाका घाइते चेत प्रसाद डाँगीको उपचारका लागि सहयोग अभियान सुरु गरिएको आर्थिक सहयोग अभिया संचालन समितिका अगुवा विक्रम डाँगीले बताउनु भयो ।  

यसैविच अभियानको सुरुवात गरेको पहिलो दिनमै १० हजार रुपैँया आर्थिक सहयोग प्राप्त भईसकेको डाँगीले बताउनुभयो ।यस अभियानलाई सार्थकता दिनका लागि  अभियानका संयोजक बिक्रम कुमार डाँगी, कांग्रेस बंगलाचुली ५ का वडा सभापति केशव जिसी, समाजसेवी पारसश्वर डांगी र शारद वलीले संयुक्त रूपमा नगद १० हजार सहयोग गर्नु भएको हो । 

"मृतकका परिवारलाई केही आर्थिक सहायता होस् र घाईतेको उपचारका लागि केही सहयोग होस् भन्ने लक्ष्यका साथ आर्थिक सहयोग संकलन अभियानको थालनी गरिएको हो नेपाली काग्रेस बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का उप-शभापती समेत रहनु भएका युवा नेता डाँगीले भन्नुभयो। यो अभियानमा जसले जति सक्नु हुन्छ मनै देखि सहयोग गरिदिन सबैमा अपिल गर्दछु।"  

सहयोग अभियाका संयोजक विक्रम डाँगीले आर्थिक सहयोग संकलन अभियानमा पार्टिका तर्फबाट नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, जनप्रतिनिधि, क्रियाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सबैलाई आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

सहयोग गर्न चाहनेहरुले अभियन्ता बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३० मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।सहयोग रकम १३ औं दिनको शुद्ध शान्तिका दिन मृतकका परिवारलाई रकम हस्तान्तरण गरिने उहाँले बताउनु भयो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको