Chauthoanga - Nepali News Media
रक्तश्रावका कारण एक सुत्केरी महिलाको मृत्युु

दाङमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको मृत्युु भएको छ । रक्तश्रावका कारण  जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेकी  २७ बर्षीया शर्मिला विकको  मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।  

मृतक शर्मिलाकाे शनिबार साँझ ६ः४८ बजेतिर पवननगर स्वास्थ्य चौकीमा सामान्य तरिकाले बच्चा जन्मिएको थियो। बच्चा जन्मिसकेपछि साँझ ७ :४८ मा साल निकालिएपछि रक्तश्राव सुरु भएको थियो । रक्तश्राव सुरु भएको १५ मिनेटमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

अस्पताल ल्याउँदा धेरै नै रक्तश्राव भइसकेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले बताउनु भयाे । शनिबार बेलुका साढे ८ बजेतिर ति महिलालाई उपचारका लागि प्रतिष्ठानमा रेफर गरिएको थियो। प्रतिस्ठानमा उपचारका लागि लैजाँदै गर्दा महिलतको राति ९ बजेतिर बाटोमै मृत्यु भएको उहाले जानकारी दिनुभयो ।  यस्तो समस्या विरलै महिलाहरुमा देखिने डा. सिंहले बताउनुभयो ।

महिलाको पाठेघरमा साल टाँसिएको हुने र निकाल्दा रगत बग्ने समस्या हुने उहाको भनाई छ। त्यसको उपचार सल्यक्रिया गरेर पाठेघर निकाल्नु नै रहेको डा. सिंहले बताउनु भयाे।अहिले जन्मिएको शिशुको अबस्था सामान्य रहेको बताईएकाे छ।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको